कञ्चनपुरमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

कञ्चनपुरमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

किशोर तामाङ
कञ्चनपुर, १३ फागुन ।
कञ्चनपुरको पुनर्वासमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीरले पुनर्वास नगरपालिका को सभा हलमा नागरिक समाज सुनुवाइ कार्यक्रम गरेको हो ।

सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधि, शिक्षक, ब्यपारी, नागरिक अगुवा र सञ्चारकर्मी र बिद्यार्थी गरी ३ सय जनाको उपस्थितिमा कार्यक्रम गरिएको ईलाका प्प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले खुल्ला सिमा मा हुने राजश्व छलीको गतिविधि रोकथाम र नियन्त्रण, लागु औषधको असर तथा कानुनी कारवाहीको बारेमा स्पष्ट पारेका थिए ।

पुनर्वास नगरपालिका का नगरपप्रमुख जीवन राज थापा ज्यू को सभापतित्व, जिल्ला प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्वेदीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त नागरिक सुनुवाइ कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले सञ्चालन गरेका थिए ।

Leave a Reply