घरेलु हिंसाविरुद्ध खुल्दै बाराका महिला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

घरेलु हिंसाविरुद्ध खुल्दै बाराका महिला

बारा,  २७ पुस । बाराको सिमरास्थित ईलाका प्रहरी कार्यालयमा गत वर्षको तुलनामा यस वर्ष घरेलु हिंसाविरुद्धको निवेदन गर्नेको संख्यामा वृद्धि भएको छ । प्रहरीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि हिंसा पीडितहरुको गुनासो बाहिर आएको हो ।

बाराको ईलाका प्रहरी कार्यालय सिमराले अभियान अन्तरर्गत सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेसँगै यहाँ घरेलु हिंसा सम्बन्धी निवेदन दर्ता गर्नेको संख्यामा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा ५ महिना भित्र १० वटा भन्दा बढी घरेलु हिंसाको घटना दर्ता भएका छन् । सिमरा इलाका प्रहरी कार्यालयले आफ्नो कार्य क्षेत्रमा पर्ने ग्रामिण क्षेत्रका विद्यालय र विभिन्न सहकारीहरुमा जनचेतना जगाउने सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यसैको प्रभाव स्वरुप हिंसामा परेका महिलाहरु खुलेर प्रहरीमा निवेदन दर्ता गराउन थालेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । प्रहरीले यसरी सञ्चालन गरेको जनचेतनाका कारण आफुलाई निवेदन दिन हौसला मिलेको बताउनु हुन्छ पीडित राधिका विश्वकर्मा ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधि समेत रहने गरी सबै पालिकाको वडा स्तरमा समिति बनाएर अगाडी बढेकोले हरेक वडाका समस्या प्रहरीमा आउन थालेको प्रमुख प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
Mahila Hinsa bara
यस आर्थिक वर्षको ५ महिनामा ईलाका प्रहरी कार्यालय सिमरामा ४७ वटा घरेलु हिंसाका घटना दर्ता भएको पाईएको छ । जस मध्ये २८ वटालाई मिलापत्र गरेर पठाईएको र दश जना विरुद्ध कानुन बमोजिम कारवाही गरिएको र ९ वटा निवेदन माथि छलफल गर्न बाँकी रहेको महिला सेलकी प्रमुख प्रहरी सहायक निरिक्षक सुभद्रा लामाले बताउनु भयो ।

घरेलु हिंसा विरुद्ध आएका निवेदन अन्तर्गत श्रीमान श्रीमतीसँग सम्बन्धित निवेदन अधिक आउने गरेको पाईएको छ । जाड रक्सी खाने सन्तान कै अगाडी कुटपीट गाली गलौज गर्ने जस्ता निवेदनलाई सहमतिको आधारमा मिलाउने गरिएको भए पनि अन्य प्रवृतिका घटनालाई कानुन अनुसार कारवाही गरिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);