वीरगञ्जमा मिटरब्याजी धन्दा १३ लाख दिएर २६ लाख असुल्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

वीरगञ्जमा मिटरब्याजी धन्दा १३ लाख दिएर २६ लाख असुल्दै

वीरगञ्ज, १० फागुन । वीरगञ्ज महानगरपालिकाको वडा नं. १० निवासी एक ब्यक्तिले स्थानियहरुलाई मिटरब्याजमा रकम लगानी गरेको खुलासा भएको छ । मुर्लिमनोहर मातृका र उनका भाईले धेरै संग थोरै पैसा दिएर बढि रकमको तमसुक कपाली कागज र दृष्टिबन्धक गराई ठग्नुको साथै अरुको जग्गा, घर, धन सम्पती हत्याउँदै आएको आरोप स्थानियको छ ।

वीरगञ्जमा एक पिडित परिवारले पत्रकार सम्मेलनको आयोजना गर्दै मुर्लिमनोहर दाजुभाई मिटर व्याजी कारोबारी भएको आरोप लगाएका हुन् । पिडितले मुर्लिमनोहर दाजुभाईसंग आफूले १३ लाख ६० हजार कर्जा लिएकोमा सोको दोब्बर २६ लाखको दृष्टिबन्धक र सोही मितिमा झुक्याई २५ लाखको छुट्टै कपाली तमसुक गराएको बताए ।

सोही कपाली तमसुकको आधारमा मुर्लिमनोहर मतृका दाजुभाईले पर्सा जिल्ला अदातलमा लेनदेन मुद्दा दायर गरेपछि दुबै दाजुभाईले झुक्याएर छुट्टा–छुट्टै कागज गराएको आफूलाई थाहा भएको पिडितको भनाई छ । दुबै कागजको दाबी रकम अनुसार आफ्नो घर, जग्गा लगायतको सम्पूर्ण सम्पति विक्रि गर्दा पनि तिर्न नसक्ने अवस्था सृजना भएपछि आफूले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको बताए ।

उजुरीको आधारमा निज दुबै जना दाजुभाईलाई झिकाउँदा प्रमुख जिल्ला अधिकारी समक्ष उनीहरुले १३ लाख ६० हजार मात्रै कर्जा दिएको स्वीकार समेत गरिसकेको सुनाए । पत्रकार सम्मेलनमै सहभागि अर्काे पिडित नुरहुलक देवानले आफूलाई पनि मुर्लिमनोहरले रु २ लाख कर्जा दिए पनि रु ११ लाखको दृष्टिबन्धक गराउनुको साथै फेरी अर्काे रु २ लाखको तमसुक कपाली कागज गराएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);