प्रिमियर लिगमा लिग लिडर म्यानचेस्टर सिटीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

प्रिमियर लिगमा लिग लिडर म्यानचेस्टर सिटीको सहज जित

एजेन्सी , २६ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा सिटीले लिभरपुललाई ४–१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई तथा रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक-एक गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

पहिलो हाफमा गोलरहित बराबरी सकिएको खेलमा दोस्रो हाफको ४९ औं मिनेटमा गुण्डोगानले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । तर, ६३ औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो । खेलको ७३ औं मिनेटमा गुण्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दा सिटीले ३–१ को अग्रता बनायो र ८३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ४–१ को सहज जित दिलाए ।

जितसंगै सिटीले २२ खेलमा ५० अंक जोडेको छ । लिभरपुलले भने २३ खेलमा ४० अंक जोडेको छ । प्रिमियर लिग अन्तर्गत नै आइताबार राति भएको अर्को खेलमा उल्भ्स र लेष्टर सिटीले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

ताजा समाचार