नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त विरोध प्रर्दशन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त विरोध प्रर्दशन गर्दै

काठमाडाैं, १९ माघ । नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाले आज प्रतिनिधिसभा बिघटनविरुद्ध संयुक्त विरोध प्रर्दशन गर्दैछन् । भ्रातृ संस्थाहरुको संयुक्त आयोजनामा आज ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गर्न लागिएको हो ।

प्रतिनिधिसभा विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शन गर्ने जनाइएको छ ।

नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघलगायतले संयुक्त प्रदर्शन गर्न लागेको जनाएका छन् । काठमाडौंको भोटाहिटीबाट दिउँसो १ बजे विरोध प्रर्दशन शुरु हुने नेपाल आदिवासी जनजाति संघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);