रुसका राष्ट्रपति पुटिनका आलोचक विपक्षी दलका नेता नाभाल्नी सुरक्षाकर्मीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

रुसका राष्ट्रपति पुटिनका आलोचक विपक्षी दलका नेता नाभाल्नी सुरक्षाकर्मीको नियन्त्रणमा

एजेन्सी, ५ माघ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी दलका नेता एलेक्सी नाभाल्नी लाई हिरासतमा लिइएको छ । जर्मनीमा लामो समयको उपचारपछि स्वदेश फर्किएका नाभाल्नीलाई विमानस्थलबाटै हिरासतमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नाभाल्नीको स्वागतका लागि मस्को विमानस्थलमा हजारौं समर्थक भेला भएको बेला विमानलाई शेरेमेत्येवो विमानस्थलमा अवतरण गराएर नियन्त्रणमा लिइएको हो । सुरक्षकर्मिको नियन्त्रणमा पर्नुअघि नाभाल्नीले अफूमाथि लगाइएका सबै आपराधिक मुद्दा झूटो भएको बताउनु भएको छ ।

पछिल्लो समय रुसी अधिकारीहरुले नाभाल्नीविरुद्ध भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको र छिट्टै जेल जान सक्ने चेतावनी दिइरहेका थिए। नाभाल्नीले ५० लाख अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

तर नाभाल्नीले भने ती सबै आरोप आधारहीन भएको दावी गरिरशनु भएको छ । गत सेप्टेम्बर १५ मा गम्भीर अवस्थामा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारका लागि साइबेरियाबाट जर्मनी पु¥याइएको थियो ।

नाल्भानीलाई विष खुवाइएको जर्मनीको अस्पतालले समेत पुष्टि गरिसकेको छ । ४४ वर्षीय नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);