नारायणी अस्पताल लुटको अखडाः ३५० रूपैयाँको उपकरण ४ हजारमा बिक्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नारायणी अस्पताल लुटको अखडाः ३५० रूपैयाँको उपकरण ४ हजारमा बिक्री

काठमाडौँ, १८ असोज । शैया अभाव, कर्मचारीका बीचमा किचलोजस्ता व्यवस्थापकीय कमजोरीका कारण वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीले सास्ती खेप्नु परिरहेको छ। औषधि व्यवसायीको मिलोमतोमा अस्पतालकर्मीले अस्पतालमा उपचार सामग्री उपलब्ध नरहेको भन्दै उपचारमा समस्या थपिदिएका छन् भने मृगौलासम्बन्धी रोगबाट पीडितहरू एउटै शड्ढयामा बसेर डायलासिस गराउन बाध्य छन्।

मृगौलाका बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले अन्य रोग सर्ने सम्भावना बढी हुने अस्पतालका डाक्टर तथा नर्सहरू नै बताउँछन् । तर, बिरामीलाई उचित सेवा दिन अस्पताल प्रशासनले गम्भीरता देखाएको छैन। अस्पतालमा बिरामीले दुःख पाउने कारण नै अस्पतालको व्यवस्थापकीय हेलचक्रयाइँ देखिएको छ। सोमबार बिहान साढे सात बजे अस्पतालका दृश्यले व्यवस्थापकीय कमजोरी छर्लङ पारेको छ।

पर्सा, रतनपुरकी ३६ वर्षीया नुरजहाँ खातुनलाई अस्पतालले डायलसिसका लागि बिहान सात बजे बोलाएको थियो । उनको स्वास्थ्य अवस्था निकै चिन्ताजनक थियो । तर, उनी अस्पताल पुग्दा डायलासिस गर्ने मेसिनको रगत सफा गर्ने पाइप (एमिट्युमिङ) नभएकाले डायलासिस ढिलागरी हुने थाहा पाइन् । उनको अवस्था निकै नाजुक बन्दै गएपछि अर्का बिरामीका भिजिटर मेहन्दी हुसैन अन्सारीले नजिकैको औषधि पसलबाट पाइप किन्न जाँदा ३ सय ५० पर्ने पाइपको मूल्य ४ हजार ८ सय भन्दा उनी छक्क परे।

‘त्यसपछि म सिधै बाइकमा बसेर गन्डक पुगे र हेल्थ केयर सेन्टरबाट ३ सय ५० मा पाइप किनेर ल्याएँ,’ मेहन्दीले नागरिकसँग भने, ‘अस्पतालका कर्मचारी र नजिकका औषधि पसले मिलेर औषधि र डायलासिसका लागि चाहिने अन्य सामग्रीमा कमिसन खाने प्रवृत्तिले हामीलाई सास्ती भोग्नुपरेको छ ।’ उनले अस्पताल व्यवस्थापनको विश्वासमै यस्तो अवैध काम हुने गरेको आरोप लगाए।

डायलसिस गर्ने समय बिहान सात बजे तोकिए पनि साँझ ४ बजेमात्र नुरजहाँको डायलालिस भयो । ज्यान जाने अवस्थामा समेत उनको डायलासिसका लागि अस्पताल प्रशासनले रुचि नदेखाएपछि केहीबेर अस्पताल परिसरभित्र तनावसमेत सिर्जना भएको थियो। आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);