त्रिभुवन विमानस्थलमा प्रतिबन्धित टयाक्टर | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

त्रिभुवन विमानस्थलमा प्रतिबन्धित टयाक्टर

काठमाडौँ, १८ असोज । सरकारले बागमती अञ्चलमा दर्ता गर्न तथा सञ्चालनमा प्रतिबन्ध लगाएको ट्रयाक्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सञ्चालन भइरहेको पाइएको छ । यातायात व्यवस्था विभागले अघिल्लो साता गरेको अनुगमनबाट यस्तो तथ्य फेला परेको छ ।

सरकारले २०५२ सालमै बागमती अञ्चलमा ट्रयाक्टर दर्ता नगरिने र सडकमा गुडाउनसमेत नपाउने निर्णय गरेको थियो । यस्तै विमानस्थलमा विभिन्न एयरलाइन्स कम्पनीहरुले सञ्चालन गर्दै आएका सवारीसमेत बिनादर्ता सञ्चालन भइरहेको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार, विमानस्थलमा भारतीय नम्बर प्लेटका सवारीसमेत प्रयोग भएको पाइएको छ ।

इन्डियन एयरलाइन्सले त्रिभुवन विमानस्थलमा भारतीय नम्बर प्लेटको सवारी प्रयोग गरिरहेको उल्लेख गर्दै उनले भने, ‘यो गैरकानुनी कार्य हो, कानुनविपरीतको काम भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखेका छौं ।’र त्यसको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिईएको छ। आजको कारोबार दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);