डब्लुएचओको वैज्ञानिक टोली चीनको वुहान क्षेत्रमा जाने | ईमाउण्टेन समाचार

Our Network

पुष १८ २०८१, बिहीबार

डब्लुएचओको वैज्ञानिक टोली चीनको वुहान क्षेत्रमा जाने

WHOL


एजेन्सी, २ पुष । विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनको वुहान क्षेत्र जाने भएको छ । कोरोना भाइरस संक्रमणको उद्गम स्थलमा अनुसन्धान गर्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो ।

आगामी महिना १० जना वैज्ञानिकको टोलीलाई वुहान पठाउने तयारी डब्लूएचओले गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । वुहानमा कोरोना भाइरस उत्पत्तिबारे अध्ययनका लागि संगठन र चीनबीच लामो समयदेखि छलफल हुँदै आएको र अनुसन्धान गर्न दिनेमा चीन सकारात्मक देखिएपछि उक्त क्षेत्रमा वैज्ञानिकको टोली पठाउन लागिएको बताइएको छ ।

कोरोना भाइरस संक्रमणको सुरुवात वुहान शहरबाट भएको मानिन्छ । तर कोरोना भाइरसको सुरुवातलाई लिएर अमेरिका र चीनबीच विवाद भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले महामारी फैलिएकोबारे जानकारी नदिने कोशिश गरेको आरोप लगाउनुभएको थियो ।

दोषी खोज्नका लागि नभई कोरोना भाइरस संक्रमणको सुरुवातमा के भएको थियो ? कसरी फैलिएको थियो भन्ने पत्ता लगाएर भविष्यमा खतरा कम गर्न कोशिश गर्ने वैज्ञानिकको टोलीले बताएको उल्लेख छ । डब्लूएचओको टोली चारदेखि पाँच हप्तासम्म वुहानमा रहनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);