अध्यादेशको तरंगपछि प्रचण्ड समूह भेलाको तयारी, भेलाअघि नेम्वाङसँग भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अध्यादेशको तरंगपछि प्रचण्ड समूह भेलाको तयारी, भेलाअघि नेम्वाङसँग भेट

काठमाडौं, ३० मंसिर । मगंलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कारण उत्पन्न तरंगका बीच नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले भेलाको तयारी गरेको छ ।

सो भेलाअघि दाहालले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेट गर्नुभएको छ । नेम्वाङसँगको भेटमा दाहालले अध्यादेशबारे असन्तुष्टि पोखेको बताइएको छ । नेम्वाङले भने यो विषयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न आग्रह गरेको थाहा भएको छ ।

खुमलटारमा प्रचण्डसहित असन्तुष्ट पक्षका चार सचिवालय सदस्यहरुबीच छलफलको तयारी भएको हो । आज नै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश जारी गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);