एजेन्सी , २१ मंसिर । चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा चेल्सीले लिड्स युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।
खेलको चौथो मिनेटमा नै प्याट्रिक बामफोर्डको गोलबाट लीड्सले अग्रता लियो । घरेलु टोली चेल्सीका लागि ओलिभर जिरउडले बराबरी गोल फर्काए । जोउमाले ६१ औँ मिनेटमा गोल गरी चेल्सीलाई अग्रता दिलाए ।
इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गोल गरी चेल्सीलाई ३–१ को जित दिलाएका हुन् । जितपछि शीर्ष स्थानमा पुगेको चेल्सीको ११ खेलबाट २२ अंक भएको छ ।
दोस्रो र तेस्रो स्थानका टोटनह्याम र लिभरपुलको १० खेलबाट समान २१ अंक रहेको छ । ११ खेलबाट १४ अंकसहित लीड्स युनाइटेड १३ औँ स्थानमा छ ।