महाकाली झोलुंगे पुल हप्तामा २ दिन मात्र खुल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

महाकाली झोलुंगे पुल हप्तामा २ दिन मात्र खुल्ने

दार्चुला,१० मंसिर। जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला समन्वय बैठकले दार्चुलाको खलंगा स्थित नाका महाकाली झोलुंगे पुल हप्तामा २ दिन मात्र खोल्ने निर्णय गरेको छ ।

विद्यार्थीहरुको पठन पाठन, बिहेबारी , औषधी उपचार , रोजगारी लगायत दैनिक जन जिविकामा कठिनाई उत्पन्न भएको भनी सर्वसाधारणहरुलाई नेपाल भारत आवत जावत गर्न हप्तामा २ दिन शनिवार र बुधवार नियमित विहान १० बजे देखी दिउँसो ३ बजे सम्मका लागि सिमानाका खुला गरिने जिल्ला समन्वय बैठक ले निर्णय गरेको छ।

सिमानाका खुले संगै दार्चुला सदरमुकाम खलंगामा चहल पहल बढेको छ । भारत बाट खाद्यान्न , साग तरकारी , न्यानो लुगाहरु ल्याउने र नेपाल बाट सागपात र फलफुल भारत लैजानेहरुको घुईचो लागेको छ । कोरोना भाइरस संक्रमण फैलिने भनि नेपाल सरकार को निर्णय अनुसार २०७६ चैत्र ११ गते देखी सिमानाका बन्द रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);