काठमाडौं, ५ मंसिर । पछिल्लो २४ घन्टामा ५३ सय ६४ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १२ सय ९८ पुगेकाे छ ।