२४ घण्टामा २३ सय २३ संक्रमित डिस्चार्ज, ७ जनाको मृत्यु

काठमाडौं, ६ मंसिर । पछिल्लो २४ घन्टामा ५३ सय ६४ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३ सय ५ पुगेकाे छ ।

Leave a Reply