जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं, ९ कार्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन आग्रह गर्नुभएको छ ।

बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै सजकता अपनाउनुपर्ने बताउनुभएको हो ।

कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दूरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको उहाँको भनाई छ ।

मन्त्री ढकालले यस्ता चाड मनाइरहँदा विगतमा स्वास्थ्य, मित्रता र सामाजिक शान्तिलाई ध्यान दिने तथा छिमेकीलाई प्रतिकूल नहुने गरी मनाउन समेत आग्रह गर्नुभएको छ ।

मन्त्री ढकालले महामारीविरूद्धको लडाइँँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोगप्रति आभार व्यक्त गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न स्वस्थ्य नागरिकाको उत्पादनमा ध्यान दिँदै निरोगी नेपालका लागि काम अघि बढाइएको समेत बताउनुभएको छ ।

मन्त्री ढकालले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोरोना परीक्षण तथा उपचार र अक्सिजन, आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको उल्लेख गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);