राज्यले नहेरेको पूर्व लडाकुहरुको गुनासो | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

राज्यले नहेरेको पूर्व लडाकुहरुको गुनासो

दाङ, १२ असोज । बर्षे द्वन्दकालमा लडाकु बनेका दाङको शान्तिनगर गाउँपालिका ३ बस्तीखोला भिम बहादुर विक ( अर्जुन)ले काठको ठेकी बनाउन ब्यस्त हुनुहुन्छ । १० वर्षे सशस्त्र जनयुद्धमा घरपरिवार र ज्यानलाई समेत त्यागेर हिडेका विक केहि बर्षदेखी ठेकी बनाएर दैनिकी चलाउँदै आउनुभएको छ ।

देशमा परिवर्तन गर्नको लागी हतियार समातेको हातले काठको काम गर्न फर्कनुपर्छ भन्ने कल्पना समेत नगरेका उहाले अहिले त्यही पुख्र्यौली पेशा सम्हाल्न पुग्नुभएको हो । ५ वटा छोरी र श्रीमती सहित ७ जनाको पालनपोषण संगै छोरीहरुको शिक्षाका लागी यो पेशा सिक्न बाध्य बनाएको उहाँले बताउनुभयो ।

२०६३ सालमा शान्तिवार्ता भएपछि उनी पार्टीकै निर्देशनमा वाइसीयल बनेर निस्कीनु भएको थियो । २०७० सालको निर्वाचन सम्म पनि पार्टीकै निर्देशनमा काम गरीरहनुभएका विकले २०७१ सालदेखी यो पेशा गर्दै आउनु भएको छ । गिठाको रुख खोज्नु, त्यसलाई ताछेर विभिन्न साइजका ठेकी बनाउने र त्यसलाई गाँउ– गाँउमा लगेर विक्रि गर्नु अहिलेको दैनिकी बनेको छ ।

अहिलेको पुस्ताले काठका भाँडा बनाउन छोडेकोले माग धेरै हुने गरेको उहाँको भनाई छ । ‘ गाँउमा जहाँ गाईभैसी पालेका हुन्छन्, त्यहाँ सानो वा ठुलो एउटा न एउटा राख्नुहुन्छ । उत्पादन गरेका ठेकी साढे २ रुपैया मानाको दरले विक्रि गर्ने गरेको बताउनुभयो ।

जनताको मुक्तिको पक्षमा १० वर्षे जनयुद्धमा जीवन समर्पण गर्नुभएका विक आज जीविकोपार्जनका लागी बाउ बाजेको पेशा सम्हालन आउनु भएको छ । नेताका चिल्ला भाषणको प्रभावमा पारेर १६ वर्षे लक्का जवानीमा २०५६ सालमा जनयुद्धमा लाग्नु भएको थियो । घर छोडेर हिडेका उनी ६ महिना पछि जनमुक्ति सेनामा भर्ना भए । तालीम पश्चात उनी देशका विभिन्न स्थानमा भएका लडाईका मोर्चामा सहभागी हुनुभयो ।

शान्ति प्रकृयापछि मंगलशेन ब्रिगेड, १ नं बटालियन, बी कम्पनीमा कमाण्डरको भुमीकामा रहनु भएका ३६ बर्षीय विकले अहिले आएर जवानी खेर फालेकोमा पछुतो मान्नु हुन्छ । उहाँले सिकेर यो पेशा संरक्षण गर्न लागेको भएता पनि राम्रो ब्यवस्थित बनाउने योजना भएता पनि पैसा नहुदाँ समस्या भएको बताउनुभयो । अहिले आफुले गर्दा आएको पेशा आफुपछि लोप हुने भन्दै उहाँले आफ्नी छोरीहरुलाई सिकाउँदै आउनु भएको छ । त्यसैगरी उहाँकी जेष्ठी छोरी ओम कुमारी विकले बुवासंग यो सिप सिक्न पाउँदा धेरै खुशी लागेको बताउनुभयो ।

त्यसैगरी रुकुम घर भई हाल दाङको शान्तिनगर ४ बस्दै आउनु भएका पूर्व लडाकु घाईते शसे खत्रीका जनयुद्धको क्रममा प्राविधी कारणले गर्दा अपांग हुने भयो । कक्षा ८ मा पढ्दै गर्दा जनयुद्धमा होमीनु भएका२०५९ सालमा रुकुममै प्राविधीक कारणले आफैले बोकेको बम विस्पोट हुदाँ उहाँ दाहिने हातको हत्केला नै छैन् ।

जनयुद्धको स्व. पोष्ट बहादुर बोगटी, कृष्ण बहादुर महरा, जर्नाजन शर्मा जस्ता नेताको स्कटिङ गर्दै सुरुक्षा दिनु भएका खत्रीले अहिले सम्म राज्यले कुनै सहयोग नपाएको गुनासो गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);