घोराही उपमहानगरको कार्यालय असोज ४ गतेसम्म सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

घोराही उपमहानगरको कार्यालय असोज ४ गतेसम्म सिल

दाङ, ३१ भदौ । घोराही उपमहानगरपालिका कार्यालयका ६ जना कर्मचारीमा कारोना भाइरस संक्रमण पुष्टि भएपछि बुधवारदेखि ४ दिनका लागि कार्यालय सिल गरिएको छ । एक सूचना जारी गर्दै उपमहानगरले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बुधबारदेखि असोज ४ गते आइतबार सम्म बन्द रहने प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो ।

उपमहानगरपालिका कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा, विपद व्यवस्थापन तथा सरसफाई लगायतका अत्यावश्यक सेवा बाहेक सवै सेवा बन्द गरिने समेत उहाँले जानकारी दिनुभयो । मंगलबार घोराही उपमहानगरपालिका क्षेत्र भित्रका १२ जना महिला र ११ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ति मध्य घोराही उपमहानगरपालिकाका ६ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । एक जना डाक्टर, एक जना इन्जिनियर, एक जना अधिकृत र ३ जना कार्यालय सहयोगीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित भएका कर्मचारीहरुमा कुनै पनि लक्षण छैन् ।

संक्रमित भएकाहरु वडा नम्बर १५ का १३ जना, वडा नम्बर १४ का ३ जना, वडा नम्बर ५ का एक जना, वडा नम्बर ६ का ३ जना, वडा नम्बर ७ र ८ का एक एक जना रहेका छन् । यो सँगै घोराहीमा कोरोना संक्रमितको संख्या ३ सय ८८ पुगेको छ । ९५ वटा स्वाब परिक्षण गर्दा २३ जनामा कोरोना देखिएको हो ।

घोराही उपमहानगरका अझै ५७ जनाको स्वाब परिक्षण हुन बाँकी रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ । जिल्लामा हाल सम्म आज थपिएका २३ जना सहित दाङमा कोरोना भाइरसको संक्रमण हुने व्यक्तिको संख्या ९ सय ४२ पुगेको छ । ति मध्य ७ सय ४३ जना कोरोना निको भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);