कोरोना अस्पतालका कारण अन्य रोगका विरामीको उपचारमा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोना अस्पतालका कारण अन्य रोगका विरामीको उपचारमा समस्या

काठमाडौं, २८ भदौ । सरकारी अस्पतालहरु कोरोना अस्पतालका रुपमा सञ्चालन भएपछि अन्य रोगका विरामीहरुको उपचारमा समस्या देखिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको उपसमितिले आईतबार महाराजगञ्जस्थित त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालमा गरेको अनुगमनमा अन्य रोगका विरामीहरु उपचार सेवाबाट बञ्चित भएको पाइएको जनाएको हो ।

हाल शिक्षण अस्पतालमा कोरानाका लक्षण भएका विरामीहरुको संख्या बढी छ । जनशक्तिको अभाव र व्यवस्थापकिय प्रवन्धका कारण अन्य रोगका विरामीहरुको उपचारमा समस्या भएको अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले बताउनु भयो ।

अनुगमनपछि उपसमितिका संयोजक तथा सांसद जीवनराम श्रेष्ठले कोरोनाका कारण अस्पतालमा अन्य रोगका विरामीहरुको उपचारमा समस्या भएको जानकारी आफुहरुले पाएको बताउनुभयो । विशेष परिस्थितिको व्यवस्थापन गर्दै अस्पतालको आयस्रोत पनि खस्किँदै गएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने श्रेष्ठको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);