बाजुरामा खानेपानीका कारण हुने रोगका विरामीको चाप बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बाजुरामा खानेपानीका कारण हुने रोगका विरामीको चाप बढ्यो

मदन विक
बाजुरा, १० भदौ । बाजुरा जिल्ला अस्पताल यतिखेर खानेपानीको कारण लाग्ने रोगका विरामीहरुले भरिएको छ । जिल्ला अस्पताल बाजुराले हरेक दिन आउने विरामीहरुमध्ये ४५ प्रतिशत विरामी खानेपानीका कारण लाग्ने रोगका विरामीहरु छन् ।

आऊँ, झाडापखाला लगायतका विरामीहरुको चाँप बढ्दो रहेको छ । विरामीको चाँप बढ्नाले अस्पतालले विरामीहरुलाई समयमै उपचार गर्न गाह्रो भएको छ । जिल्ला सदरमुकामको अस्तब्यस्त खानेपानीका कारण बजार क्षेत्रका बिरामीहरुमा झाडापखाला लगायतका पानीजन्य रोग बढेको हुनसक्ने जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये ४५ प्रतिशत बिरामीमा झाडापखाला, आऊँ, टाइफाइडको संक्रमण देखिने गरेको अस्पातालका सुचना अधिकारी कुल बहादुर रावलले जानकारी दिनुभयो ।

अस्पतालमा बढी जसो महिला, बालबालिका र बृद्धबृद्धाहरु आउने गरेका छन् । बिरामीहरु अस्पताल खोल्नुभन्दा अगाडी नै लाइन लागेर बसेका हुन्छन् । जिल्ला अस्पताल बाजुरामा सामान्य चेकजाँच देखि भिडियो एक्सरे, एक्सरे, ल्याव टेस्ट, एमडिजीपी डाक्टरहरुबाट हुने अप्रेशन लगायतका थुप्रै सेवाहरु प्रदान गरिने भएकाले सामान्य अवस्थामा पनि विरामीहरुको भीड लाग्ने गर्छ ।

जिल्ला अस्पतालमा प्रयाप्त मात्रामा जनशक्तिको अभावका कारण अस्पतालमा आउने बिरामीहरुका लागि सहज रुपले उपचार गर्न नसकेको जिल्ला अस्पताल बाजुराले बताएको छ ।

अस्पतालको तथ्याङ्क अनुसार दैनिक १ सय २७ देखि १ सय ५० जनाभन्दा बढी बिरामी आउने गरेको छ । चिकित्सकहरुका अनुसार दुषित खानेपानीको प्रयोगले यस्ता रोगहरुको संक्रमणमा बृद्धि हुने भएकाले शुद्ध खानेपानीको प्रयोगसंगै सरसफाईमा ध्यान दिन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);