जिल्ला अस्पताल लमजुङमा दैनिक साढे तीन सयभन्दा बढी विरामी उपचारमा आउँछन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जिल्ला अस्पताल लमजुङमा दैनिक साढे तीन सयभन्दा बढी विरामी उपचारमा आउँछन्

लमजुङ। जिल्ला अस्पताल लमजुङमा विरामीको चाप बढेको छ । दैनिक तीन सय ५० जनासम्म विरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० जनासम्म अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । अस्पतालमा साउनयता विरामीको संख्या बढ्दै गएको छ । वृद्धवृद्धा, बयस्कदेखि वृद्धवृद्धासम्म विरामी परेका छन् । अधिकांशका ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र दमका बिरामीहरू बढी देखिएको छ ।

वर्षातको समय, गर्मी मौसम, दूषित पानीको प्रयोग, खानपानमा ध्यान नपुग्दा विरामी बढेको चिकित्सकहरू बताउँछन् । वृद्धवृद्धा र बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूमा छिट्टै संक्रमण हुने गरेको छ। वृद्धवृद्धामा दम, छाती दुख्ने समस्या र बालबालिकामा सुक्खा खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको छ । अस्पतालमा आउनेलाई खानपानमा र सरसफाईमा ध्यान पुर्‍याउन अस्पतालले सल्लाह, परामर्श दिँदै आएको  छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);