रातो मच्छिन्द्रनाथ आज साँझ नरिवल खसाल्ने जात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

रातो मच्छिन्द्रनाथ आज साँझ नरिवल खसाल्ने जात्रा

काठमाडौं । 

वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पु¥याइएको छ । रथ यात्राको तालिकाअनुसार जात्राका सहभागी तथा भक्तजनहरूले रथलाई तानेर ठटीटोलमा पुर्याएका हुन् । रथ ठटीटोल पुगेसँगै आजै साँझ यहाँको प्रसिद्ध ‘नरिवल खसाल्ने जात्रा’ सम्पन्न गरिने कार्यक्रम रहेको छ । रथको माथिल्लो भाग (गजुरी नजिकको भाग) बाट नरिवल खसाल्ने यस विशेष परम्परालाई हेर्न र नरिवल समात्नका लागि ठटीटोलमा श्रद्धालुहरूको ठूलो उपस्थिति रहने गर्दछ । आज साँझ नरिवल खसाल्ने प्रक्रिया सम्पन्न भएपछि जात्राको यो चरण विधिवत रूपमा अगाडि बढ्नेछ । ललितपुरको सबैभन्दा लामो र महत्वपूर्ण मानिने यस जात्रालाई व्यवस्थित रूपमा अगाडि बढाउन स्थानीय प्रशासन र सरोकारवाला निकायहरू सक्रिय रहेका छन् ।

Leave a Reply