भ्रष्टाचार मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नीलाई चार वर्षको जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

भ्रष्टाचार मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नीलाई चार वर्षको जेल सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचारको अभियोगमा पुनरावेदन अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । मंगलवार सार्वजनिक गरिएको अदालती फैसलाको प्रत्यक्ष प्रशारण (लाइभ फुटेज) अनुसार, भ्रष्टाचार सम्बन्धी मुद्दामा उनलाई दोषी ठहर गर्दै उक्त सजाय तोकिएको हो । यसअघिको फैसलामाथि गरिएको पुनरावेदनमा सुनुवाइ गर्दै अदालतले कारावासको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

Leave a Reply