एजेन्सी, २८ भदौ । जापानी टेनिस खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । बेलारुसकी भिक्टोरिया अजरेन्कालाई २-१ को सेटमा पराजित गर्दै ओसाकाले उपाधि जितेकी हुन् ।
आइतबार बिहान भएको खेलमा ओसाकाले पहिलो सेट गुमाएपनि लगातार दुई सेटमा जित निकाल्दै उपाधि हात पारिन् । उनले १–६, ६–३ र ६–३ को सेटमा जित निकालेकी हुन् ।
यससँगै २२ ओसाकाले जितेको ग्रान्ड स्लाम उपाधि तीन पुगेको छ । यसअघि सन् २०१८ मा पनि यूएस ओपन जितेकी ओसाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन पनि हात पारेकी थिइन् ।