कोरोनाबाट थप ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौं, २० भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना महिला ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।

काठमाडौंमा मात्रै तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ४१, ५९ र ६५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै पर्सामा ७५, महोत्तरीमा ७८ र रुपन्देहीमा ४० वर्षिय पुरुषको मृत्यु भएको छ ।

यसैरी मोरङमा ४३, मकवानपुरमा ५२ र नवलपरासीमा ३७ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);