कपिवस्तुमा १ हजार ८ जना कोरोना संक्रमित मुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कपिवस्तुमा १ हजार ८ जना कोरोना संक्रमित मुक्त

कपिलवस्तु, २० भदौ । कपिलवस्तु जिल्लाका कोरोना संक्रमित धमाधम निको हुने क्रम बढेको छ । जिल्लामा कुल १ हजार १ सय ४७ जनामा कोरोना संक्रमण देखिए पनि १ हजार ८ जना संक्रमण मुक्त भइ सामान्य जीवनमा फर्केका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १ सय १२ जना पुरुष र २२ जना महिला गरी कुल १ सय ३४ जना कोरोना संक्रमणका कारण स्थानीय तहले निर्माण गरेका आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका छन् ।

प्राय सबैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो । संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा बसेका छन् । स्थानीय तहले संक्रमितका लागि अस्थायी आइसोलेसन सेन्टर निर्माण गरी बस्ने व्यवस्थापन गरे पनि प्राय सबै संक्रमित आआफ्नो घर वा नातेदारको घरमै बस्न रुचाएका छन् ।

घरमा बस्दा घर परिवारको हेरचाह र आवश्यक सामाग्री सहज प्राप्त गर्न सकिने भएका कारण होम आइसोलेसन नै आफूले रुचाएको कपिलवस्तु नगरपालिका वडा नं. १ का राजेश उपाध्यायले बताउनु भयो । कोरोनाका लक्षण देखिएसँगै घरको अलग कोठामा आफू बसेको र घरको एउटा ट्वाइलेट बाथरुम आफूले मात्रै प्रयोग गरेको बताउनु भयो ।

जिल्लामा कोरोना संक्रमित भइ उपचारमा रहेका ४ जनाको भने मृत्यु भएको छ । कपिलवस्तु नगरपालिकाका २ पुरुष, मायादेवी गाउँपालिकाका १ पुरुष र कृष्णनगर नगरपालिकाकी १ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);