कपिलवस्तुमा आइसोलेसन रित्तिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कपिलवस्तुमा आइसोलेसन रित्तिदै

कपिलवस्तु ,२१ असार । रेड जोनबाट हटेको कपिलवस्तुका आइसोलेसन रित्तिदै गएका छन् । सरकारले नयाँ निर्देशिका जारि गरेपछि जिल्लाका आइसोलेसन रित्तिदै गएका हुन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आइसोलेसनमा ७९ जना मात्र संक्रमित रहेका छन् । कूल ७ सय ४४ मध्ये ६ सय ६४ जना घर फर्की सकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत जेठ २४ गते सरकारले नयाँ निर्देशिका जारी गर्दै १४ दिन आइसोलेसनमा बसेका संक्रमितमा कुनै लक्षण नदेखिए घर जान दिने प्रावधान बनाएको थियो । त्यस यता जिल्लामा भेटिएका संक्रमितहरूलाई धमाधम बिना पीसीआर जाँच घर पठाईएको हो । जिल्लाका १० पालिका मध्ये तीन पालिकामा सबै संक्रमित घर फर्किसकेका छन् ।

यशोधरा र मायादेवी गाउँपालिका तथा महाराजगंज नगरपालिकामा भेटिएका सबै संक्रमित घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । यशोधरामा जिल्ला कै सबै भन्दा बढी १ सय ६८, महाराजगंजमा १ सय २२ तथा मायादेवीमा ७५ जना संक्रमति भेटिएका थिए । अहिले ती पालिकाका आइसोलेसन खाली छन् ।

कृष्णनगरमा एक जना, शुद्धोधन र बुद्धभूमिमा दुईदु्ई जना मात्र संक्रमित छन् । बाणगंगामा ३०, बिजयनगरमा १४, कपिलवस्तुमा २३, शिवराजमा ७ जना संक्रमित छन् । यता कारोना भाईरसको संख्या बढेर त्रसित बनेका कपिलवस्तुबासी अहिले भने निस्फिर्की बनेका छन् । कोरोना संक्रमितको संख्या निरन्तर घटनु र भेटिएका संक्रमतिहरू मध्ये कसैलाई पनि केही नहुनुले पनि जिल्लामा अहिले कोरोनाको त्रास हटेको छ । सार्वजनिक बस र बिद्यालय बाहेक जिल्लामा सबै संचालन भएका छ ।

जिल्लाको बजारहरूमा पहिले जस्तै भीडभाड बढेको छ । बैंक तथा बित्तिय संस्थाहरू खुलेका छन् । यहाँ सम्म की सर्वसाधारणहरू मास्क समेत लगाउन छाडेका छन् ।जिल्लामा कोरोनालाई अहिले सामान्यरुपमा लिइएको छ । भेटिएका संक्रमितहरूलाई केही नभएको र यसले केही पनि असर नगर्ने बुझाई भएकाले अहिले जिल्लामा कोरोनाबाट डराउन छाडेको स्थानीय रबि ठाकुर बताउनुहुन्छ । कोरोनाले पछि के असर गर्छ त्यो थाहा छैन् तर, अहिले जिल्लामा कोरोनासंग अब डराउन छाडेका छन् । जिल्लामा ८ हजार २२४ जनाको स्बाव संकलन गरिएकोमा अब केवल १ सय ८६ जनाको नतीजा आउन बाँकी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);