थप १ हजार ४१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ हजार २७७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

थप १ हजार ४१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ हजार २७७ पुग्यो

corona-test

काठमाडौं, २० भदौ । नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ सय ४९ महिला र ६ सय ९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

शनिबार १ हजार ५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा २ हजार ३ सय ४३, प्रदेश नम्बर २ मा ७ हजार ८ सय ४२, बागमती प्रदेशमा २ हजार ३ सय ५१ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ९७, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी आजसम्म २७ हजार १ सय २७ संक्रमित डिस्चार्ज भएका छन । यस्तै ६ हजार ७ सय १ जना क्वारेन्टिनमा रहेका छन् ।

शनिबार देशभरी सक्रिय संक्रमित १७ हजार ८ सय ७० जना रहेका छन । प्रदेश नम्बर १ मा ७ सय ९९, प्रदेश नम्बर २ मा ३ सय २५, बागमती प्रदेशमा ५ हजारु ८ सय ७५ र गण्डकी प्रदेशमा ८ सय ६० जना संक्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ५, कर्णाली प्रदेशमा३ सय ३० र सुदूरपश्चिम प्रदेशमा ७ सय ७२ जना गरी देशभरी ९ हजार ८ सय ६६ संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ४०, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ३१, बागमती प्रदेशमा २ हजार २ सय ४५ र गण्डकी प्रदेशमा ४३ जना रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ९ सय ५२, कर्णाली प्रदेशमा ३६ र सुदूरपश्चिम प्रदेशमा १ सय ५७ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ४ जना संक्रमित रहेका छन् ।

प्रदेश नम्बर १ मा ३ जना, प्रदेश नम्बर २ मा २८ जना, बागमती प्रदेशमा १ सय ८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा २० जना र कर्णाली प्रदेशमा ३ गरी देशभरी १ सय ६७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर १ मा १, बागमती प्रदेशमा २० र प्रदेश नम्बर ५ मा ३ जना गरी देशभरी २४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);