काठमाडौं, १९ भदौ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उहाँले शुक्रबार साँझ राजीनामा दिने घोषणा गर्नुभएको हो ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सचिवालय बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयअनुरूप राष्ट्रिय सभा सदस्यमा गौतम सिफारिस हुने जानकारी गराउनुभएको थियो ।