एजेन्सी, १७, भदौ । युरोपियन फुटबल यूईएफए नेशन्स लिग फुटबल आज सुरु हुँदैछ । समूह चरण अन्तर्गत पहिलो दिन आज विभिन्न १० खेल हुँदैछन् । जसमा जर्मनी, स्पेन, वेल्स, स्वीट्जरल्याण्ड र रसिया प्रतिस्पर्धामा उत्रनेछन् । त्यस्तै लात्भिया, एण्डोरा, माल्टा, फारोई आईसल्याण्ड, बुल्गेरिया लगायतका २० टोली आज भिड्दै छन् ।
नेपाली समय अनुसार राती पौने १० बजे हुने पहिलो खेलमा एण्डोरा र लात्भिया भिड्दैछन् । बाँकी ९ खेल मध्यराती साढे १२ बजे सुरु हुनेछ । आज फारोई आईसल्याण्डले माल्टासँग, जर्मनीले स्पेनसँग, बुल्गेरियाले आयरल्याण्डसँग तथा रसियाले सर्बियासँग प्रतिस्पर्धा गर्नेछन् । अन्य खेलहरुमा स्लोभानिया र ग्रीस, टर्की र हंगेरी, फिनल्याण्ड र वेल्स, काल्डोभा र कोसोभो तथा युक्रेन र स्विटजरल्याण्ड आमने सामने हुनेछन् ।
नेशन्स लिगमा जर्मनीले अन्तिम पटक नेदरल्याण्ड्ससँग २०१८ मा खेलेको थियो । जुन खेल दुई दुईको बराबरी भएको थियो । यता स्पेनले २०१८ मा भएको नेशन्स लिगको अन्तिम खेलमा क्रोयसियासँग पराजित भएको थियो ।