डब्ल्यूएचओः कोरोना भाइरस विरुद्धको खोपलाई अनुमति दिन हतार नगर्रौं | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

डब्ल्यूएचओः कोरोना भाइरस विरुद्धको खोपलाई अनुमति दिन हतार नगर्रौं

WHOL

एजेन्सी, १६ भदौ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार नगर्न आग्रह गरेको छ । विश्वका बिभिन्न देशहरुले बिभिन्न चरणमा खोपको परिक्षण गरिरहेका बेला डब्ल्यूएचओको उक्त आग्रह गरेको हो । डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकार भेटघाटमा खोपलाई मन्जुरी दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताउनु भएको हो ।

उहाँले सबै देशहरुसंग परिक्षण पूरा नभए पनि औषधिलाई मन्जुरी दिने अधिकार भएपनि यसलाई हल्का रुपमा नलिन आग्रह गर्नुभयो । डब्ल्यूएचओका अनुसार हाल ३३ खोपको क्लिनिकल परिक्षण चलिरहेको छ भने १ सय ४३ खोप अझै पनि प्रारम्भिक क्लिनिकल परिक्षणको चरणमा छन् ।

डब्ल्यूएचओले पर्याप्त तयारीविना लकडाउन नहटाउन पनि चेतावनी दिएको छ । डब्ल्यूएचओले जुन देशमा अझै पनि नयाँ संक्रमित फेला परिरहेका छन्, ती देशहरुले मानिसहरुलाई भेला हुन दिएमा विनाशलाई निम्ता दिएजस्तै हुने चेतावनी दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);