एजेन्सी, ३० साउन । जर्मनीको आरबी लाइपजिग युरोपीयन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । पोर्चुगलको एस्टाडियो जोसे अल्भालेड रंगशालामा स्पेनको एट्लेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै लाईपजिग युरोपीयन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको हो ।
ड्यानियल ओल्मोले हेडमार्फत जर्मन क्लबलाई अघि बढाएका थिए । एट्लेटिकोका जोआओ फेलिक्सले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेल सकिन दुई मिनेट बाँकी छदाँ टायलर एडम्सले गोल गर्दै लाइपेजिगलाई जित दिलाएका थिए ।
जर्मन क्लब लाईपजिगले पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । फाईनल प्रवेशका लागि लाईपजिगले फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीसंग खेल्नेछ ।




