एजेन्सी, २७ साउन । इटालीयन क्लव इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा इन्टरले जर्मन क्लव बायर लिभरकुसेनलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
खेलको १५ औं मिनेटमा निकोलो बरेलाले इन्टरका लागि पहिलो गोल गरेका थिए । त्यसपछि खेलको २१ औं मिनेटमा रोमेलु लुकाकुले अर्को गोल गरे । जसका कारण इन्टरले खेलमा दुई शुन्यको अग्रता बनायो । दुई गोलले पछि परेको अवस्थामा केइ हाभेर्टजले गोल गर्दै लिभरकुसेनको अन्तर कम गरेका थिए ।
दोस्रो हाफमा दुबै टिमबाट पाएका मौकाको सदुपयोग हुन सकेन र इन्टर मिलानले अन्तिम चारमा स्थान बनायो ।
दोस्रो हाफमा इन्टरले लिभरकुसेनमाथि राम्रो दबाव बनाएको थियो । तर मौकालाई आत्मसाथ गर्न सकेन । जितसँगै इन्टर सन् २०११ पछि पहिलो पटक उपाधि जित्नका लागि दुई जित टाढा रहेको छ ।