काठमाडौं, २५ साउन । पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोनाको खर्च पारदर्शी बनाउनुपर्ने लगायत माग राखेर आमरण अनशन बसेको इनफ इज इनफ समूहले २३ दिन लामो अनशन तोडेको छ।
ह्याम्स अस्पतालमा आज स्वास्थ्य मन्त्रालय र इनफ इज इनफ समूहबीच १३ बुँदे सहमति भएसँगै ईः, समायारा श्रेष्ठ र करण गुरुङले २३ दिन लामो अनशन तोडेका हुन् ।
यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरु पुनः अनशन बसेका थिए। अबको सहमति कार्यान्वयन हुने मन्त्रालले प्रतिवद्धता जनाएको छ। सहमति पत्रमा मन्त्रालयका तर्फबाट सहप्रवक्ता समिरमणी अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।
सहमतिसँगै अनशनकारीले अनशन तोडेका छन् । आफूहरुले राखेका मागहरु प्रायः पूरा भएकोले अनशन तोडेको अभियन्ताहरुले बताएका छन्।

