स्पेनका रेल कर्मचारीहरू सुरक्षाको माग गर्दै हड्तालमा | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

स्पेनका रेल कर्मचारीहरू सुरक्षाको माग गर्दै हड्तालमा

एजेन्सी । स्पेनका प्रमुख रेल युनियनहरूले देशव्यापी हडताल शुरु गरेका छन् । जसमा रेल कर्मचारी र चालकहरूले रेल सञ्चालन सुरक्षामा व्यापक सुधारको माग गर्दै सेवाहरू स्थगित गरेका हुन् । यो हडतालका कारण देशभर रेल सेवा रद्ध भएको छ । यात्रुहरूको यात्रा प्रभावित भएको छ ।

युनियनका प्रतिनिधिहरूले स्पेनमा हालै भएका रेल दुर्घटनाहरूको श्रृङ्खलाले अग्रपंक्तिका कर्मचारीहरूमा रेल सुरक्षाको अवस्थाबारे चिन्ता बढाएको बताएका छन् । हडतालको समयमा, स्पेन सरकारले अत्यावश्यक यातायात आवश्यकताहरू सुनिश्चित गर्न न्युनतम सेवा स्तरहरू तोकेको थियो । यद्यपि केही मार्गहरूमा सेवाहरू ससमित नै रहे ।

पछिल्लो जानकारीअनुसार सोही दिन सरकार र युनियनहरू बीच रेल सुरक्षा सुदृढ गर्ने र काम गर्ने अवस्था सुधार गर्ने उपायहरूमा सम्झौता भयो। त्यसपछि हडताल फिर्ता लिइएको थियो ।

Leave a Reply

ताजा समाचार