निशा शाह
नेपालगञ्ज, २१ साउन । बन्दाबन्दी खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आजबाट पुन: ४ दिन निषेधाज्ञा बढाएको छ । बाँकेमा एकसाता देखि संक्रमित दिनप्रतिदिन बढदै गएको देखिन थालेपछि पूर्णरुपमा निषेधाज्ञा जारी गरेको हो ।
बाँकेमा लक्षण देखिएका संक्रमित फेला पर्नु जोखिमयुक्त देखिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बसेको बैठकले आइतबारदेखि तीन दिन मंगलबारसम्म निषेधाज्ञा जारी गरेको थियो । मंगलबार फेरि संक्रमण देखिएकोले शनिबारसम्म निषेधाज्ञा जारी गरेको हो ।
बाँकेमा एकसातामै करिव ६० जनामा कोरोना संक्रमण भेटिएको छ भने ४ वटा सरकारी कार्यालयमा शिल गरिएको छ । जस्मा अन्तरिक राजस्व कार्यालय, यातायात कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र वडा प्रहरी कार्यालय शिल गरिएको छ । साथै कारागारमा पनि संक्रमित फेला परेको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा मंगलवार थप ७ जना कैदीबन्दी र ६ जना प्रहरीसहित १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितको संख्या ह्वात्त बढेपछि नेपालगञ्ज झनै कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । बाँकेमा हिजो सम्म क्वारेन्टीनमा १ सय ३२ जना आइसोलेशनमा ७७ जना, पोजेटिभ ४सय ७० जना निको भएर घर फर्केका ३सय ९१ मृत्यु २ जना हिजोसम्म पिसीआर १२हजार ५सय ०७ जना र आरडिटी ९हजार ४ सय २७ जनाको परिक्षण गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।