देउवा दम्पती पक्राउ पूर्जीबारे सांसद सुनारको टिप्पणी- 'जनादेश कार्यान्वयन गरियो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

देउवा दम्पती पक्राउ पूर्जीबारे सांसद सुनारको टिप्पणी- ‘जनादेश कार्यान्वयन गरियो’

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सरकारले जनादेश अनुसार काम गरिरहेको बताउनुभएको छ । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ पूर्जी जारी गरिएको बारे जिज्ञासा राखेपछि उहाँले सो प्रतिक्रिया दिनुभएको हो ।

सांसद सुनारले जेन–जी आन्दोलन दबाउने, भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्ने वाचालाई जनताले अनुमोदन गरेकाले सरकारले सोही अनुसार काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले सरकार जनताको बीचमा गरिएको प्रतिवद्धता अनुसार काम गर्न मजबुत रहेको समेत बताउनुभयो ।

सांसद सुनारले भन्नुभयो,‘सरकार कच्चा छैन, बच्चा छैन । सचेत छ । सबै हिसाबले सरकार मजबुत छ । बुझेर आएको सरकार छ । त्यसैले सरकारले गरेको काम वा सदनले गरेको काम अहिलेको जनप्रतिनिधिहरुले गरेको काम जनताको बीचमा हामीले प्रतिवद्धता गरेर आएको थियौँ । जनताको बीचमा हामी जाँदैगर्दा यी यी कामहरु हामी गर्नेछौँ । जेन–जी आन्दोलन दबाउनेहरुलाई छानविन गर्छौं, अपराध गर्नेहरुलाई छानबिन गर्छौं । भ्रष्टाचार गर्नेहरुलाई छानबिन गर्छौं भनेर जनतामा हामीले वाचा गरेका गएका थियौँ । जनताले त्यसलाई स्वीकार गरेर पठाएको कुरा हामीले कार्यान्वयन गरेका हौँ ।’

सांसद सुनारले अदालतमा विचाराधिन कुनैपनि मुद्दामा सदन र सरकारले बोल्न नमिल्ने पनि बताउनुभयो ।

Leave a Reply