पहिरोमा पुरिएका एक जनाको एपीएफ टोलीद्वारा जीवितै उद्वार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पहिरोमा पुरिएका एक जनाको एपीएफ टोलीद्वारा जीवितै उद्वार

सिन्धुपाल्चोक, २० साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ स्थित एक टहरो पहिरो खसेर पुरिदा सो भित्र रहेका एक जनालाई साउन १९ गते बिहान एपीएफ टोलीले जीवितै उद्वार गरेको छ ।

उक्त पहिरोले पुरिएको सो टहरोभित्र ९ जना पुरिएका थिए । नगरपालिकाको कभर्ड हल निर्माणमा खटिएका बारा जिल्लाको सिमरा उपमहानगरपालिका २ घर भएका उनीहरु सो टहरोमा बस्दै आएका थिए ।

उक्त घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मेलम्चीबाट एपीएफ टोली उद्वार कार्यको लागि त्यस ठाउँमा खटिएको थियो ।

जीवितै उद्वार गरिएका उनलाई उपचारार्थ हेलीद्वारा ह्याम्स अस्पताल धुम्बाराही काठमाडौंतर्फ पठाईएको छ । पहिरोमा पुरिएका अन्य आठ जनाको शव फेला पारिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);