बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा

hotel

काठमाडौं, १५ साउन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय आजबाट सञ्चालनमा आएका छन् ।

सरकारले साउन ६ गतेबाट लकडाउन हटेको घोषणा गर्दै विभिन्न क्षेत्रलाई सूचारु गर्ने र साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालन गर्न दिने निर्णयगरेपछि आजैदेखि होटल तथा रेस्टुराँ लगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालयहरु सञ्चालनमा आएका हुन् ।

सरकारले पर्यटन क्षेत्रलाई सूचारु गर्न दिएपनि होटल सञ्चालन गर्न समस्या रहेको होटल व्यवसायीहरुले बताएका छन् । खास गरी तारे होटलका ग्राहक पर्यटक भएकाले अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म होटल सञ्चालन गर्नुको कुनै अर्थ नभएको व्यवसायीहरुले बताएका छन् । यस्तो अवस्थामा पाँचतारे होटलहरु बिच शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना देखिएको होटल संघकी अध्यक्ष सृजना राणाको भनाइ छ ।

सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा रोक्न सकारले नै न्यूनतम मापदण्ड तोकेर होटलहरुलाई निर्देशन दिनुपर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);