ठमेल र दरबारमार्ग २४ सै घन्टा खुल्ने | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

ठमेल र दरबारमार्ग २४ सै घन्टा खुल्ने

काठमाडौँ, पुस १४ । गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारीक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीयस्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसाय बिनारोकतोक सञ्चालन गर्न अनुमति दिएको हो ।स्थानीय प्रशासन, प्रहरी, होटल रेस्टुराँ तथा पर्यटन व्यवसायीबीचको छलफलपछि यी क्षेत्रको रात्रि व्यवसायमा लाग्दै आएको समयसीमा हटाइएको हो । आजको कारोबारमा खबर छ ।

निश्चित शर्त र मापदण्ड पुरा गर्ने होटल, रेस्टुराँ तथा दाहोरी क्लबहरुलाई नयाँ बर्षपछि पनि सञ्चालन अनुमति दिने तयारी भएको गृहमन्त्रालयले जनाएको छ ।