चितवनको सौराहाका होटल पुनः सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चितवनको सौराहाका होटल पुनः सञ्चालनमा

किशोर रिजाल
चितवन,  ३ भदौ । चितवनको पर्यटकीय नगरी सौराहाका होटल पुनः सञ्चालनमा आएका छन् । बाढीका कारण झन्डै २० करोड ४१ लाख रुपैयाँ क्षति व्यहोरेका सौराहाका पर्यटन व्यवसायीले पर्यटकलाई सेवा दिन बाढी घटेको दुई दिनपछि नै सरसरफाई गरी होटल तथा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।

 

बाढीका कारण एक सातादेखि ठप्प बनेको सौराहाको पर्यटन फेरि ब्युँतिएको छ । सौराहाका एक सय १० वटा होटल तथा रेस्टुरेन्ट डुवानमा परेपनि १० प्रतिशत होटलले सेवा सुरु गरिसकेका छन् ।

 

दुईदिन अघिसम्म सौराहामा आएको बाढीले पारेको प्रभावको पीडा भुल्ने प्रयास गर्दै सौराहाका होटल व्यवसायीले सरसफाइ अभियान नै सञ्चालन गरेर होटल सुचारु गरेका हुन् ।

 

बाढीका कारण सबैभन्दा धेरै राप्ती नदी किनारका होटल भत्किएका छन् । १५ करोडको क्षति हुँदासमेत तुरुन्त सञ्चालन गर्न यहाँको व्यवसायी लागिपरेका छन् । दुई साताभित्र ९० प्रतिशत होटल सञ्चालन आउने व्यवसायीहरुको भनाइ छ ।

 

भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकाका कारण चपेटाका परेको सौराहालाई बाढीले पीडा थपेको छ । तर, व्यवसायीहरु सबै पीडा भुलेर छोटो अवधिमै सेवा सुचारु गर्न तयार हुनुले पर्यटन व्यवसायमै सकारात्मक संकेत दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);