प्रचण्ड सत्ता बाहिर रहेसम्म राजनीतिक स्थिरता नहुने निश्चित (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रचण्ड सत्ता बाहिर रहेसम्म राजनीतिक स्थिरता नहुने निश्चित (भिडियोसहित)

prachanda

काठमाडौं, १२ साउन । नेपालमा प्रजातन्त्र स्थापनाको राजनीतिक परिदृष्यलाई दृष्टिगत गर्दा राजनीतिक पात्रहरु कसैले पनि राजनीतिक स्थिरताको सन्देश दिन सकेनन् । व्यवस्था तथा संविधानमा आएको बदलावले पनि कुनै राजनीतिक निकास दिन सकेको देखिएन । संविधान र व्यवस्थालाई संसारकै उत्कृष्ट भनियो । प्रजातन्त्रको आदर्शको रुपमा पनि व्याख्या गरियो । तर कार्यान्वयन नै हुन नसक्ने संविधानका कुनै पनि अबयवहरुले कामै गर्न नसक्ने भएपछि आदर्श र भावनाले मात्र केही हुन सक्दो रहेनछ ।

अब राजनीतिक वृत्तमा यसको गम्भीर कारणको खोजि हुनुपर्ने देखिएको छ । संविधान र व्यवस्थाको दोष हो या पात्र र प्रवृत्तिको दोष हो ? छुट्याउनु पर्ने भएको छ । पात्र र प्रवृत्ति संविधानलाई बोक्ने महत्वपूर्ण पिलर भएकोले अहिले देखिएको समस्याको जड, यसै भित्र खोज्नुपर्छ भन्ने राजनीतिकर्मीहरुको बाहुल्यता देखिंदै आएको छ । राजनीतिक परिदृष्यमा प्रजातन्त्रपछि उदाएका महत्वपूर्ण पात्रको नाम लिनुपर्दा कमरेड प्रचण्डलाई लिन सकिन्छ ।

यो अवधिको केन्द्र बिन्दुमा जहिले पनि कमरेड प्रचण्ड नै हुनु भएकोले पनि अहिलेको बिग्रिएको राजनीतिक परिदृष्यलाई देख्नेहरुले उहाँ र उहाँको प्रवृत्तिलाई मुख्य कारक मानेका छन् । राजनीतिक परिदृष्यमा पुष्पकमल दाहाल, प्रचण्ड र प्रचण्ड पथसम्मको यात्रा र अहिलेको उहाँको राजनीतिक परिदृष्य देख्दा, राजनीतिले स्थिरता पाउने कुनै संकेत समेत देखिंदैन ।

राजनीति र सत्ताको निमित्त जस्तोसुकै सम्झौता गर्न समेत तयार रहने र जसरी पनि आपूलाई सत्तामा मात्र केन्द्रित गरी त्यसैको जोड घटाउमा आफूलाई परिचालन गर्ने गरेको कारण र विभिन्न कोण र परिदृष्यले उहाँलाई राजनीतिको केन्द्रमा कुनै न कुनै रुपले स्थापित गरेका कारण पनि नेपालको राजनीति भोलि के हुन्छ ? कसैले बताउन सक्ने अवस्था छैन । उहाँलाई चिन्न कसैले नसकेबाट भोलिको राजनीति र उहाँद्वारा घटित घटनाक्रम अनुसार सोच्नु पर्ने भएकोले राजनीतिक भविष्यवाणी गर्न कोही राजनीतिक विश्लेषकहरु असमर्थ प्रायः देखिन्छन ।

पार्टी भित्र आन्तरिक गुट उपगुटलाई सधैं खेलाउन सफल कमरेड प्रचण्डको लागि देश भित्र तथा बाहिरको कुनै पनि शक्तिहरुले सजिलै प्रभावमा पार्न सक्ने र आफ्नो हतियारको रुपमा प्रयोग गर्न सफल हुने गरेबाट पनि सिंगो राजनीतिक वातावरण अत्यन्त तरल र सुस्त बन्दै गएको छ ।

आफू सम्मिलित संयुक्त सरकारलाई आफैंले अविश्वासको प्रस्ताव राख्ने राजनीतिक अभ्यासबाट सरकार गिरेको कुरालाई महत्वपूर्ण उवलव्धीको रुपमा परिभाषित गर्ने उहांको राजनीतिक आदर्शको चपेटामा अहिलेको सत्ता समेत प्रभावित बन्दै गएको निष्कर्ष निकाल्नेहरु धेरै छन् । दुई पार्टीको संयुक्त घोषणा पत्रलाई स्वीकार गरी झण्डै दुई तिहाईको बहुमत सहित सत्तामा पठाउँदा जनताले भागबण्डा गरी सत्ता संचालन गर्नु भन्ने जनमत दिएका थिएनन् ।

कमसेकम पाँच वर्षको स्थिर सरकारको परिकल्पना नेपाली जनताको थियो । स्थिर सरकार भएमा न्यूनतम विकास र सम्वृद्धिको पाइला अघि बढ्ला कि भन्ने थियो । तर प्रचण्ड सत्ता भन्दा बाहिर रहेकै कारण यो जनमतले काम गर्न सकिने देखिदैन । सायद, अबको उनको राजनीतिक अभ्यास भनेकै पार्टी फुटाएरै भए पनि एउटा शक्ति केन्द्र संचालन गर्नेतर्फ केन्द्रित हुँदै गएको छ । जब प्रमुख पार्टीको प्रमुख नेतृत्वमा यस्तो प्रकारको प्रवृत्ति रहन्छ भने, त्यो देशले राजनीतिक स्थिरता पाउने कुरै भएन ।

त्यसैले पनि अब राजनीतिक स्थिरताको लागि कमरेड प्रचण्डलाई सधैंभरि सत्तामा स्थायी रुपले रहने राजनीतिक वातावरणको आवश्यकता राजनीतिक विश्लेषकहरुले औंल्याउँदै आएका छन् । भलै त्यो राजनीतिक व्यवस्था उत्तरकोरियाको जस्तो किन नहोस् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);