अन्ततः रातो मत्स्येन्द्रनाथको रथारोहण शनिबार हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

अन्ततः रातो मत्स्येन्द्रनाथको रथारोहण शनिबार हुने

काठमाडौं, ७ साउन । रातो मत्स्येन्द्रनाथको रथारोहण आगामी शनिबार हुने भएको छ। गुठी संस्थान ललितपुरले कोरोना महामारीबीच अन्ततः रथारोहण गर्ने जानकारी दिएको हो।

संस्थानका अनुसार रथारोहणको साइत शनिबार दिउँसो १२ बजेर ५ मिनेटदेखि १२ बजेर २५ मिनेटको रहेको छ। संस्थानले अघिल्ला वर्षहरूमा जसरी धार्मिक कार्यहरू गर्न पनि सर्वसाधारणलाई आह्वान गरेको छ। गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले मिननाथको रथारोहण भने साउनको १३ गते हुने बताउनुभयो।

उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रातो मत्स्येन्द्रनाथको जात्रालाई लिइन्छ। प्रत्येक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौंथीमा समाप्त गर्ने प्रचचलन छ। यसवर्ष भने कोरोना भाइरस संक्रमणको महामारीका कारण ढिला भएको हो।

ताजा समाचार