हङ‌कङमा नयाँ सुरक्षा कानुन उल्लंघन गरे आजीवन जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

हङ‌कङमा नयाँ सुरक्षा कानुन उल्लंघन गरे आजीवन जेल सजाय

hongkong new rule

काठमाडौं, १७ असार । चीनले बनाएको विवादास्पद नयाँ सुरक्षा कानून लागु भए लगत्तै हङकङमा विरोध प्रदर्शन भएको छ । बुधबारदेखि लागू भएको नयाँ सुरक्षा कानूनले हङकङको स्वतन्त्रता हनन भएको भन्दै स्वतन्त्रता पक्षधरहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । विरोध प्रदर्शन विथोल्न प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो ।

चीनले मंगलबार पारित गरेर बुधबारदेखि लागू गरेको नयाँ सुरक्षा कानून उल्लंघन गरेमा हङकङका बासिन्दाले आजीवन जेल सजाय भोग्नु पर्ने छ । स्वायत्त क्षेत्र हङकङमा शक्ति र उपस्थिति थप बलियो बनाउने प्रयासमा चीनले ल्याएको यो कानूनले हङकङको स्वतन्त्रता खुम्चिने भन्दै अन्तर्राष्ट्रिय समुदायले समेत गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् ।

हङकङ बेलायतबाट चीनलाई हस्तान्तरण गरिएको २३ औं वर्षगाँठ बुधबारदेखि लागु भएको कानूनमा विखण्डन, आतंकवाद वा विदेशी शक्तिसँगको सहकार्यका कुनै पनि गतिविधिलाई आपराधिकरण गरी त्यसमा बेइजिङले हस्तक्षेप गर्न पाउने व्यवस्था गरिएको छ । सोही कानूनको आधारमा चीनले हङकङमा आफ्नो सुरक्षा कार्यालय खोल्ने तयारी पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);