देश/समाज
सरकारी उदासिनताले निर्माणमा ढिलाइ
१० माघ, काठमाडौं । यतिबेला कोटेश्वरदेखि कलंकीसम्मको आठ लेनको सडक निर्माण लगभग अन्तिम चरणमा पुग्नुपर्ने हो । तर, ठेकेदार कम्पनीको लापरवाही र सरकारवाला निकायको उदाशीनताका कारण तोकिएको मितिसम्म आधा पनि काम नहुने देखिएको छ ।
आजबाट सरकारी वकिलहरुले काम नगर्ने, यस्ता छन् आन्दोलनका एजेण्डा
काठमाडौं । आजबाट सरकारी वकिलहरुले काम नगर्ने, यस्ता छन् आन्दोलनका एजेण्डा सरकारी वकिलले आजदेखि सर्वोच्चसहित देशभरका अदालतमा बहस पैरवी नगर्ने भएका छन् ।
नवलपरासीमा उत्पादित उखुमा विचौलीयाहरुले किसानहरुलाई ठग्दै
९ माघ नवलपरासी । नवलपरासीका उखु खेती कृषकलाई उखु मिलले दिने भन्दा वढि मूल्य दिएर विचौलीयाहरुले उखु खरिद गरिरहेका छन् । तर महँगो मूल्य पाएपछि हौसिएका सोझा कृषकहरु उखुको तौलमा ठगिएको भेउ पाउन नसक्दा विचौलीयाहरु मोटाईरहेका छन् । नवलपरासीमा उत्पादित उखुमा विचौलीयाहरुले किसानहरुलाई ठग्दै आएको पाईएको छ ।
कपिलवस्तुमा यस बर्ष करिब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन
९ माघ,कपिलवस्तु । कपिलवस्तुमा यस बर्ष करिब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको छ । सिँचाईको पर्याप्त सुविधाका साथै उन्नत जातका बीउ र रासायनिक मल सहज रुपमा उपलब्ध भएपछि यस बर्ष ३ अर्ब ९६ करोड २ लाख २२ हजार मूल्य बराबरको धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुका बाली विकास प्रमुख अरबिन्दमणि त्रिपाठीले वनाउनुभएको छ ।
नेपालका पाँच जिल्लालाई थारु सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने
माघ ९ ,दाङ । नेपालका पाँच जिल्लालाई थारु सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने उदेश्यले दाङमा २ दिने बृहत ऐतिहासीक थारु सांस्कृतीक महोत्सव हुन लागेको छ । आईतबार तुलसीपुरमा थारु अगुवहरुका संगठन महतवा,वडघर र मलमन्सा महासंघ नेपालले पत्रकार सम्मेलन गरि माघ १२ र १३ गते पश्चिम दाङको चखौरामा महौत्सव हुने जनाएको छ ।
सरकार धेरै फेरिए,फेरिएन सुस्ताबासीको जीवन
मोहम्मद ईजहार शेख
माघ ६, नवलपरासी ।
नवलपरासीको सुस्तामा भारतीय अतिक्रमण वढ्दै गएपछि नवलपरासीका सांसद , प्रमुख जिल्ला अधिकारी , स्थानीय बिकास अधिकारी , प्रहरी प्रमुख लगायत जिल्लाका उच्च पदस्थ ब्यक्ति सहित राजनितिक दलको टोलीले स्थलगत
अनुगमन गरेको छ । करिब ३ सय घरदुरी रहेको त्रिवेणी सुस्ता गाविस वडा नम्बर ४ सुस्ताको दक्षिण र पुर्वमा भारतको विहार राज्यको भेडियारी बजार,उत्तरमा विवादित सुस्ता
उच्च अदालतका न्यायाधीशले आज सपथ लिने
निर्णय पुनर्विचार नभए बेन्च बहिष्कार गर्ने सरकारी वकिलहरुको चेतावनी ५ माघ, काठमाडौँ । उच्च अदालतमा नियुक्त ८० जना न्यायाधीशले आज पद तथा गोपनियता शपथ लिँदैछन् । सर्वोच्च अदालतमा दिउँसो हुने समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले शपथ गराउने कार्यक्रम छ ।
ट्यांकरसहित चालक त्रिशुली नदीमा वेपत्ता
५ माघ, काठमाडौँ । काठमाडाैँबाट बारातर्फ जाँदै गरेको खाली पेट्रोल ट्यांकर चितवनको चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा खस्दा चालक र ट्यांकर दुबै वेपत्ता भएका छन ।
रामेछापका भूकम्प पीडितको बास यस वर्ष पनि चिसो पालमै
सुमित श्रेष्ठ
४ माघ ,रामेछाप । नेपाल सरकारले भूकम्प पीडितलाई घर बनाउन दिने भनेको अनुदान रकम समयमै दिन नसक्दा यस वर्ष पनि रामेछाप जिल्लाका भूकम्प पीडितको जाडो पालमुनी नै वित्ने भएको छ । घर निर्माणको लागि सरकारले अनुदान दिने भनेको पहिलो किस्ता वापतको रकम ढिलो दिंदा बर्खामा घर बनाउन नसकिएको