काठमाडौं । आज सुनको मूल्यमा ४ सय रुपैँयाले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले बढेर ९० हजार ४ सय रुपैँया कायम गरिएको छ । आइतबार सुन प्रतितोलाको ९० हजारमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि ५ सय रुपैँयाले बढेकाे छ। आइतबार एक हजार २ सय ९० मा कारोबार भईरहेको चाँदी आज एक हजार २ सय ९५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।