देश/समाज Archives | Page 1789 of 1797 | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार
आगलागिले आठ घर गोठ जले

गोपाल भट्टराई १३ बैशाख,दाङ ।
दाङको बंगालिचुली गाउँपालिका ४ तापामा आगलागि हुदा ८ घर गोठ जलेर नष्ट भएका छन । बुधवार भएको आगलागीमा ऋषिराम वली, खगेश्वर आग्री, बाधबहादुर आग्री र अमृत परियारको घर र गोठ आगोले जरेर नष्ट

कपिलवस्तुमा आगलागी, ५० घरगोठ जले,एक महिला घाइते

शम्भू माली,१३ बैशाख कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिका ४ महिलावारमा आगलागी हुदा ५० घर गोठ जलेर नष्ट भएको छ । महिलवारका दादु कहारको घरमा भुजा भुट्ने क्रममा आगलागी भएको हो । आगलागीबाट गुल्लु कहारको घरमा पहुना आउनु भएकी कोटवाकी करिब ६० बर्षीय बृद्ध बन्शी प्रजापती घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

आज मातातीर्थ औंसी, काठमाडौंको मातातीर्थमा विशेष मेला

आज मातातीर्थ औँसी, जन्म दिने आमालाई सम्मान गर्दै आमाको मुख हेर्ने चलन, काठमाडौंको मातातीर्थमा विशेष मेला

जुड्डीखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा

मदन विक, १३ बैशाख, बाजुरा ।
बाजुराको सदरमुकाम मार्तडीबाट डेढ दिनको पैदल दुरीमा रहेको पाण्डबगुफा गाउँपालिकामा निर्माण भईरहेको जुड्डीखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पाँच वर्षअघि सुरुवात गरिएको लघुजलविद्युत आयोजना अव सम्पन्न हुने भएपछि बाजुराको पाण्डवगुफावासी हषर््िात भएका छन् ।

कञ्चनपुरको महेन्द्र राजमार्गमा छाडा चौपायको बिगबिगी

पुष्कर भट्ट, १३ बैशाख, कञ्चनपुर ।
सवारी साधन गुड्ने कञ्चनपुरको महेन्द्र राजमार्गमा छाडा चौपायको बिगबिगी बढेको छ। दुई लेन सडकबीचबाट छाडा चौपाया आवतजावत गर्ने भएपछि दुर्घटना र जाम बढाएको छ। तर कञ्चनपुरमा छाडा चौपाया नियन्त्रण गर्ने सरोकारवाला निकाय भने मुकदर्शक भएर बसेको स्थानीयको भनाइ छ ।

कञ्चनपुरको सडकमा राज गरेका छाडा साढेकै कारण सडक दुर्घटना बढेको र सवारी आवत जावतमा बाधा पुगिरहेको छ । नगरभित्रका सडकमा ठिङ्ग उभिएका र दौडिरहेका पशुचौपायाले पैदल यात्री र सवारी चालकको सातोपुत्लो लिन्छन् ।

सडकपेटीमा बस्न, खान र हिँड्न पाएका गाई, गोरुले आवत जावतमा अवरोध र सडक दुर्घटना बढाएको छ । कञ्चनपुरमा बूढा पशुचौपाया गाई, गोरु सडकमा ल्याएर छोड्ने र गाडीको ठक्करबाट मार्ने संस्कार नै भइसकेको छ । तर आँखै अगाडि दुर्घटना देख्दा प्रहरी र नगपालीका मुकदर्शक देखिन्छन् । सडकमा गुड्ने सवारी चेकजाच र सडकमा हुने भिडभाड नियन्त्रणको जिम्मा लिएको ट्राफिक प्रहरीले सवारी चेकजाचका नाममा रकम असुली बाहेक अन्य कुरामा ध्यान नदिएको सवारी चालकहरुको गुनासो छ ।

यो दृश्यले पनि राजमार्गको अवस्था प्रष्ट्याउँदै लैजान्छ । यातायातका सवारी साधनहरु आवत जावत गर्ने राजमार्गमा यसरी जनावरको राज छ । जुन अधिकांस दुर्घटनाको कारक बनेको छ । विगत ९ महिनामा मात्रै कञ्चनपुर जिल्लामा ४१ वटा सवारी दुर्घटनामा २२ जनाको मृत्यु र ४० जना घाईते भएका छन् । जस मध्ये ६० प्रतिशत दुर्घटना छाडा चौपाया कै कारण हुने गरेको तथ्याङ्कले देखाउछ । पर्यटकहरुले समेत अव्यवस्थाप्रति चिन्ता व्यक्त गर्ने गरेका छन् ।

कतिपय स्थानमा सवारी साधनले पशु चौपायालाई ठक्कर दिएर घाइते बनाउँछन् र मार्छन् । यसरी मरेका चौपाय हप्तौसम्म सडकबाट हटाइँदैन । कञ्चनपुरमा केहि वर्ष यता यस्तो क्रम बढ्दो छ । दिनहुँ सडकमा हिड्ने सवारी साधनहरुको जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँच गर्ने गरेको छ।स्थानीय स्वायत्त शासन ऐन २०५५ को नियम (९६) मा छाडा पशु पक्राउ गरी लिलाम गर्ने व्यवस्था छ। छाडा पशुलाई पूर्ण रूपमा सडकबाट मुक्त पार्न सकिएको छैन।

पहिलेका बिकटस्थान अहिले व्यापारिक केन्द्र बन्दै

गोपल पोखरेल,९ बैशाख उदयपुर ।
मुलुकमा १३ बर्षसम्म चलेको सशस्त्र द्धन्दको व्यवस्थापन भएपछि उदयपुर जिल्लाका बिकट स्थानहरु यतिबेला व्यापारिक केन्द्र बनेका छन् । शान्ति स्थापना भएको १० बर्षको अवधिमा सडक यातायातको बिस्तारले गति लिएपछि पहिलेका बिकट यी ठाँउहरुलाई व्यापारिक केन्द्र बन्न सहज भएको हो ।

चित्रसेनकली गर्भिणी, आरक्षमा खुशिको लहर

श्याम गुप्ता, ९ बैशाख वारा ।
पर्सा बन्यजन्तु आरक्षको अमलेखगंज हात्तिसार स्थित चित्रसेनकली हात्ति गर्भिणी भए पछि सिंङ्गो आरक्ष वृत्तमा अहिले खुशिको लहर छाएको छ चित्रसेनकली १२ बर्षिया यी ढोई हात्तिसारकी कान्छी सदस्य हुँन् । आरक्षका सहायक संरक्षण एवंम् सूचना अधिकृत

माउन्टेन टेलिभिजन प्रतिष्ठानद्वारा नयाँकार्य समिति चयन

राधिका जोशी
७ बैशाख,ललितपुर । नेपाल पत्रकार महासंघ माउन्टेन टेलिभिजन प्रतिठानले नयाँकार्य समिति चयन गरेको छ । बिहिबार माउन्टेन टेलिभिजनको कार्यालय कुपन्डोलमा कार्यबाहक अध्यक्ष शशीशेखर घिमिरेको अध्यक्षतामा बसेको साधारण सभाबाट अध्यक्ष रामेश्वर सापकोटा सहित नौ सदस्यीय कार्य समीति चयन भएको

सिन्धुलीमा बोलेरो दुर्घट्ना दुईको मृत्यू, आठ घाइते

राजन विक
६, बैशाख । सिन्धुली बीपी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका २ पीपलभन्ञ्याङमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यू हुनुका साथै आठ जना घाइते भएका छन् । काठमाण्डौंबाट महोत्तरीको बर्दीवास तर्फ आउँदै गरेको ना१ज ५४४४ नम्बरको रातुकमला यातायातको बोलेरो दुर्घट्ना हुँदा दुई जनाको घट्ना स्थलमै मृत्यू

वडा कार्यालयले अझै पाएनन् आर्थिक अधिकार

गोपाल भट्टराई, ७ बैशाख दाङ ।
स्थानीय तह पुर्नसंरचना संगै मर्ज भएका साबिकका गाबिस अर्थात हालका संयुक्त वडा कार्यालयहरुको रोक्का भएको खाता सञ्चालन नहुँदा वडाका काम काज नराम्ररी प्रभावीत भएका छन् । वडा स्तरबाट हुने बिकास आयोजना सञ्चालन, सामाजिक सुरक्षा भत्ता बितरण, लक्षित बर्ग कार्यक्रम सञ्चालन तथा कर्मचारी तलब भुक्तानी लगायतका

बालगृहलाई खाद्यान्न सहयोग

शम्भू माली ६ बैशाख कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवामा रहेको तौलिहवा बालगृहमा युवाहरुको पहलमा संकलित खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिकाका युवाद्वारा गठित ब्लाक बुल्स गाईज समुहले

वीपी राजमार्गको सुख्खा पहिरोले अबरुद्ध सडक निर्माण सुरु

राजन विक, सिन्धुली ५, बैशाख । सुख्खा पहिरोले पिचनै भत्काएर सुनकोसी नदीमा खसेको वीपी राजमार्गको दई महिनापछि निर्माण थालिएको छ । गत फागुन ९ गते राती सडक भत्कीएर सवारी साधन आवत जावतमा निक्कै समस्या भएपछि नेपाल सरकारले नै सडकको निर्माण थालेको हो

निर्वाचन आचरसंहिता विपरीत उद्घाटनमा व्यस्त

देवराज सुवेदी , ४ वैशाख सिन्धुपाल्चोक ।
निर्वाचनको मिति घोषणा भएपछि मतदाताहरुलाई प्रत्यक्ष प्रभावित काम नगर्न सबै राजनीतिक दलहरुलाई निर्वाचन आयोगले भनेपनि सिन्धुपाल्चोकमा भने राजनीतिक दलहरुले आचरसंहिता विपरीत काम गर्न थालेका छन् ।
निर्वाचन सुरु भएपछि सडक निर्माण लगायत अन्य कामहरु,निर्माण भएका भौतीक संचनाहरुको उद्घाटन लगायतका गतिविधिहरु गर्न नपाइने भएपनि माओवादी केन्द्रका नेताहरु निर्वाच्न आचारसंहिता विपरीत नयाँ सडक खन्ने र त्यसको उद्घाटनमा व्यस्त हुन थालेका छन् ।
तत्कालिन स्थानीय विकास मन्त्रीका सल्लाहकार माधव सापकोटाको पहलमा स्थानीय विकास मन्त्रालयबाट माओवादी नेताहरुको सिफारिसमा सिन्धुपाल्चोकमा विभिन्न योजनाहरुमा रकम हालिएको थियो ।

जिल्ला समन्वय समिति मार्फतबाट सडक निर्माण लगायत अन्य कार्यहरु हुने भएपनि चुनाव निजकदै जाँदा मतदातालाई प्रभावित पार्ने गरी माओवादी केन्द्रका स्थानीय कमिटी सदस्य एवम पुर्व मन्त्री अग्नि सापकोटाले सडक उद्घाटन गरेका छन् ।

हाल बलेफी गाउँपालिका फुल्पिङडाँडाको सातदोबाटे ,नेपाली टोल हुदै अदमारसम्म पुग्ने सडक केही दिन अघि मात्रै डोजर लगाएर निर्माण भएको थियो । निर्माण सकिन साथ माओवादी केन्द्रका नेताहरुको सहभागीतामा सापकोटाले पसल काटेर सडक उद्घाटन गरेका थिए ।

जनकपुर लगायत मधेशभर हर्षोल्लासका साथ जुडशितल पर्व मनाईदै

बटुकनाथ झा, २ बैशाख जनकपुरधाम ।
नयाँ वर्षको सुरुवात सँगै आज जनकपुर लगायत मधेशभर हर्षोल्लासका साथ जुडशितल पर्व मनाईदै छ जूडशीतलको अर्थ शितलता प्रदान गर्नु हो । यस पर्वमा जेठाले आफूभन्दा सानालाई हत्केलामा पानी लिइ टाउकोमा थुपार्र्दै आर्शिवाद सूचक भावले शितलता प्राप्त होस् भन्ने गर्दछन ।

५० बर्ष हुदा सम्म पनि राज्यको नजर पुगेन

गोपाल भट्टराई दाङ ,२ बैशाष
स्थापना भएको झण्डै ५० बर्ष सम्म पनि राज्यको आँखा पुग्न नसकेको पश्चिम दाङको माबि तुलसीपुर धनौरीलाई दाताहरुको सहयोगमा सञ्चालन गरिदै आएको छ । २०२५ सालमा प्राबि तहका लागि स्वीकृत प्राप्त गरि सञ्चालनमा ल्याईको उक्त बिद्यालय हाल माबि तह सम्म सञ्चालनमा छ । झण्डै ५ सय बिद्यार्थी संख्या रहेको

नयाँ वर्षमा सिस्नोपानी

खम्म खत्री, २ बैसाख अछाम ।
नयाँ बर्ष मनाउने आ–आफनै तरिका छन । सुदुर पश्चिममा नयाँ बर्ष मनाउने तरिका अनौठो छ । नयाँ वर्षको सुरुवात संगै वर्षको पहिलो राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो हुने मान्यता कतिपयको रहेपनि शुदुरपश्चिमका जिल्लाहरुमा भने सिस्नो चिलाएर मनाउने गरिएको छ ।