वडा कार्यालयले अझै पाएनन् आर्थिक अधिकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

वडा कार्यालयले अझै पाएनन् आर्थिक अधिकार

गोपाल भट्टराई, ७ बैशाख दाङ ।
स्थानीय तह पुर्नसंरचना संगै मर्ज भएका साबिकका गाबिस अर्थात हालका संयुक्त वडा कार्यालयहरुको रोक्का भएको खाता सञ्चालन नहुँदा वडाका काम काज नराम्ररी प्रभावीत भएका छन् । वडा स्तरबाट हुने बिकास आयोजना सञ्चालन, सामाजिक सुरक्षा भत्ता बितरण, लक्षित बर्ग कार्यक्रम सञ्चालन तथा कर्मचारी तलब भुक्तानी लगायतका

वडा कार्यालयले अझै पाएनन्  आर्थिक अधिकार

 

 

गोपाल भट्टराई, ७ बैशाख दाङ । स्थानीय तह पुर्नसंरचना संगै मर्ज भएका साबिकका गाबिस अर्थात हालका संयुक्त वडा कार्यालयहरुको रोक्का भएको खाता सञ्चालन नहुँदा वडाका काम काज नराम्ररी प्रभावीत भएका छन् । वडा स्तरबाट हुने बिकास आयोजना सञ्चालन, सामाजिक सुरक्षा भत्ता बितरण, लक्षित बर्ग कार्यक्रम सञ्चालन तथा कर्मचारी तलब भुक्तानी लगायतका सबै काम प्रभाबित भएको वडा कार्यालयहरुले गुनासो गरेका छन् ।

 

जिल्ला समन्वय समिति तथा मर्ज भएका उपमहानगरपालिका तथा गाउपालिकाले खाता सञ्चालनका लागि समन्वय भईरहेको बताए पनि हाल सम्म कुनै पनि वडा कार्यालयको खाता सञ्चालनहुन सकेको छैन । जस्को मारमा आफूहरु परिरहेको घोराही उपमहानगरपालीका वडा नम्बर ३ र ४ का संयुक्त वडा सचिव पुनाराम गिरी बताउनु हुन्छ ।

 

धेरै वडा कार्यालयले स्थानीय बिकास मन्त्रालयको निर्देशन बमोजिम आलेप तथा अडिट गराई खाता सञ्चालनका लागि सम्बन्धित गाउपालिका, नगरपालिका उपमहानगरपालिकामा आग्रह गरे पनि प्रकृयागत अस्पष्टता तथा कोलेनिका, जिल्ला प्रसासन तथा जिल्ला समन्वय समितिले आबश्यक तदारुकता नदेखाउदा खाता सञ्चालन हुन नसकेको सचिवहरुको गुनासो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);