पहिलेका बिकटस्थान अहिले व्यापारिक केन्द्र बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पहिलेका बिकटस्थान अहिले व्यापारिक केन्द्र बन्दै

गोपल पोखरेल,९ बैशाख उदयपुर ।
मुलुकमा १३ बर्षसम्म चलेको सशस्त्र द्धन्दको व्यवस्थापन भएपछि उदयपुर जिल्लाका बिकट स्थानहरु यतिबेला व्यापारिक केन्द्र बनेका छन् । शान्ति स्थापना भएको १० बर्षको अवधिमा सडक यातायातको बिस्तारले गति लिएपछि पहिलेका बिकट यी ठाँउहरुलाई व्यापारिक केन्द्र बन्न सहज भएको हो ।

पहिलेका बिकटस्थान अहिले व्यापारिक केन्द्र बन्दै

गोपल पोखरेल,९ बैशाख उदयपुर ।
मुलुकमा १३ बर्षसम्म चलेको सशस्त्र द्धन्दको व्यवस्थापन भएपछि उदयपुर जिल्लाका बिकट स्थानहरु यतिबेला व्यापारिक केन्द्र बनेका छन् । शान्ति स्थापना भएको १० बर्षको अवधिमा सडक यातायातको बिस्तारले गति लिएपछि पहिलेका बिकट यी ठाँउहरुलाई व्यापारिक केन्द्र बन्न सहज भएको हो ।

व्यापारिक केन्द्रका कारण सर्बसाधारणको दैनिक जीवन सहज र सरल बनेको छ । कच्ची सडकको निर्माणसँगै बिस्तार भएका रामपुर, घुर्मी, मुर्कुची, सल्ले, रसुवा, वीरेन्द्रबजार,  रानीटार लगायतका व्यापारिक केन्द्रबाट उदयपुरबासीलाई मात्र होइन, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुर जिल्लाका सर्बसाधारणलाई समेत दैनिक उपभोग्य बस्तुको खरिद तथा आवतजावतमा सहज हुँदै आएको छ ।

जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेको घुर्मी व्यापारिक केन्द्रले उदयपुरका साथै ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका सर्बसाधारणको जीवन यापनमा सहजता ल्याएको छ । सल्ले व्यापारिक केन्द्रका कारण खोटाङ जिल्लाको दक्षिणी भेगका सर्बसाधारण प्रत्यक्ष लाभान्वित बनेका छन् भने चौदण्डीगढी नगरपालिकाको रानीटार केन्द्रका कारण भोजपुर जिल्लाका सर्बसाधारणलाई दैनिक उपभोग्य बस्तुको खरिद बिक्रीमा सहजता पैदा भएको छ ।

रानीटारमा कच्ची सडक पुगेपछि बजार बिस्तार हुँदा सामान खरिदकालागि बेल्टार बजार पुग्नुपर्ने भोजपुरबासीको समस्याको अन्त्य भएको छ । बेल्टार बजारदेखि रानीटारसम्मको २४ किलोमिटर लामो कच्ची सडकमा ट्याक्टर, बस र अन्य सार्बजनिक यातायातका साधन संचालन हुन थालेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई आवतजावत गर्न समेत सजिलो भएको छ ।

सडक यातायातसंगै बजार बिस्तार भएपनि रानिटारमा खानेपानी, बिद्युत, सिंचाई जस्ता अन्य पूर्वाधारको भने विकास हुन सकेको छैन । बालबालिका पढ्ने आधारभूत तहको विद्यालय समेत नहुँदा यस क्षेत्रका बालबालिकाले अध्ययनका लागि भने २ घन्टा टाढा जानु पर्ने अवस्था छ ।

द्धन्दका समयमा अशुरक्षाका कारण सुनसान बनेका गाउँ धमाधम नयाँ व्यापारिक केन्द्रको रुपमा परिवर्तन हुँदै जानुलाई नेपालमा आर्थिक विकासले गति लिएको अनुमान गर्न सकिन्छ । द्धन्द व्यवस्थापन भएपछि ग्रामीण सडक निर्माण कार्यलाई उच्च प्राथमिकतामा दिई कच्ची सडक निर्माण गरिएपछि सर्बसाधारणको आर्थिक जीवनस्तरमा सकारात्मक परिबर्तन आइरहेको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);