सुर्खेत, १३ जेठ । सुर्खेतमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ६ सय ९४ जना पुगेको छ ।
मंगलबार (आज) थपिएका संक्रमित मध्ये १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेको कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले जानकारी दिएका छन् । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो ।