बाराको पथलैयामा दर्जनौं सवारीका साधन अलपत्र | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

बाराको पथलैयामा दर्जनौं सवारीका साधन अलपत्र

gadi alapatra bara

बारा, ६ जेठ । बाग्मती प्रदेशको मकवानपुर जिल्ला प्रशासनले प्रदेश दुईबाट भित्रने सडकमा प्रतिबन्ध गरे पछि दर्जनौं सवारीका साधन बाराको पथलैयामा अलपत्र परेका छन् ।

प्रदेश १ र दुईबाट लोड गरी आएका देशका बिभिन्न भागमा लैजाने मालबाहक सवारीलाई मकवानपुर र माथिको निर्देशन भन्दै ट्राफिक प्रहरी पथलैयामा रोक लगाएपछि अलपत्र परेका हुन् । अत्यावश्यक बाहेकलाई प्रवेश निषेध गर्न माथिल्लो निकायको आदेशका कारण मालबाहक सवारी रोकेको प्रदेश दुई ट्राफिक प्रहरी कार्यालय,पथलैया बाराले जनाएको छ ।

सिमेन्ट , छड , ईंटा , जस्ता निर्माण सामग्री र अन्य प्रकृतिका कृषि जन्य उत्पादन बोकेर आएका मालबाहक ट्रकहरु बाराको पथलैया चेक प्वाईन्टमा रोकिएको हो । लकडाउनसँगै चोरी बढदै जाँदा पथलैयामा पार्किङ नहुँदा सडकमा रोकिएका ट्रकका सामानहरु असुरक्षित भई चोरी हुने खतरा समेत बढेको चालकहरुको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);